नियम १३३
उचित र न्यायसंगत कारबाही
कुनै निजामती कर्मचारीले यो नियमावली लागू हुनु अघि पाइरहेको सहुलियत वा सुविधाको सम्बन्धमा यस नियमावली बमोजिम प्रदान गरिएको सहुलियत वा सुविधाबाट मर्का परेको भनी पेश गरेको निवेदनको आधारमा नेपाल सरकारले उचित र न्यायसंगत तरिकाबाट कारबाही गर्न सक्नेछ ।